एजेन्सी । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले गोलकिपर ज्याक बटल्याण्डलाई अनुबन्धित गरेको छ ।
क्रिस्टलले च्याम्पियनसिप क्लब स्टोक सिटीबाट गोलकिपर ज्याकलाई अनुबन्धित गरेको हो ।
२७ वर्षीय गोलकिपर ज्याकले क्रिस्टलसँग ३ वर्षको सम्झौता गरेका छन् ।
क्लबका दोस्रो रोजाईका गोलकिपर वायन हेनेस्सीले चोट बोकेपछि किस्टलले ज्याकलाई अनुबन्धित गरेको हो ।
ज्याकले यस सिजन च्याम्पियनसिपमा एक खेल खेलेका छन् । गत सिजन उनले स्टोकका लागि ३५ खेल खेलेका थिए ।
इंग्ल्यान्डका पूर्व गोलकिपर ज्याक सन् २०१३ मा स्टोक आएका थिए । उनले सन् २०१७/१८ को सिजन स्टोकबाट प्रिमियर लिग खेलेका थिए ।
ज्याकले इंग्ल्यान्डका लागि ९ खेल खेलेका छन् । पछिल्लो समय उनी इंग्ल्यान्डको टिम बाहिर रहदै आएका छन् ।
