एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा डर्टमण्डले होफेनहाइमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
होफेनहाइमको मैदानमा डर्टमण्डलाई जित दिलाउन मार्को रिउसले निर्णायक गोल गरे ।
सब्सिच्युड खेलाडीको रुपमा मैदान छिरेका रिउसले ७६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
रिउस खेलको ६४ औं मिनेटमा जाडोन सान्चोको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ ।
लिगको ४ खेलमा ६ अंक जोडेको होफेनहाइम आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजितले आउग्सबर्गलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
लाइपजिगलाई जित दिलाउन एन्जिलिनो र युसुफ पुल्सेनले एक एक गोल गरे ।
जितसँगै लाइपजिग लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लाइपजिगले १० अंक जोडेको छ ।