• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेपमा प्रचण्ड र नेपाल समूह ‘क्लिन स्विप’
खेलपाटी संवाददाता
सोमबार, असोज २६, २०७७ खेलपाटी संवाददाता
राखेपमा प्रचण्ड र नेपाल समूह ‘क्लिन स्विप’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्य मनोनयनमा सत्तारुढ दल नेकपा भित्रका दुई समूह ‘क्लिन स्विप’ भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गत सोमबार मनोनयन गरेका ९ जना र परिषद् अध्यक्षको हैसियतमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मनोनयन गरेका ८ जना सदस्यमा नेकपा भित्रका प्रचण्ड र माधव नेपाल समूहका नेता अटाएनन् ।

नेकपाकै खेलकुदको जनवर्गीय संगठन खेलकुद महासंघको सिफारिसलाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्बाटै ९ बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी र आफु निकटका नेताको सिफारिसमा बोर्ड सदस्य मनोनित गरेका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन अनुसार प्रधामन्त्री ओलीले पूर्व फुटबलर हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई मनोनित गरे ।

मनोनित सदस्यमा पुरेन्द्र लाखे मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक महासचिव र राजेश गुरुङ केन्द्रिय सदस्य हुन् । फुटबलका पूर्व कप्तान तथा खेलाडी हरी खड्का समेत पछिल्लो समय एकेडेमीमा आबद्ध छन् । मानदेव हजारा, मोहमद सागिर शेख सहित अन्य सबै सदस्य ओली गुटका नेताको सिफासिमा सदस्यमा मनोनित भएका हुन् ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिवमा रमेशकुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको थियो ।

सदस्य सचिव सिलवाल ओली गुटको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष हुन् । उनलाई दोस्रो पटक राखेपको सदस्य सचिवमा प्रधानमन्त्री ओलीले नियुक्ति दिए ।

तत्कालिन माओबादीका नेता कोइराला खेलकुद महासंघका सह–संयोजक हुन् । खेलकुद महासंघका नेताहरुको जोडबलमा कोइरालालाई उपाध्यक्ष नियुक्त गर्न प्रधानमन्त्री सहमत बनेका थिए ।

तर राखेपको बार्ड सदस्य नियुक्तिमा प्रधामन्त्री ओलीले प्रचण्ड र माधव नेपाल पक्षका कुनैपनि नेतालाई ‘स्पेस’ दिएनन् ।

खेलकुद मन्त्री विश्वकर्मा समेत तत्कालिन एमालेमा प्रधानमन्त्री ओलीको कोटाबाट मन्त्री बनेका हुन् । नेकपाको पोलिटब्युरो सदस्य समेत रहेका विश्वकर्मा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्छन् । उनी पार्टीभित्र ओली पक्षिय नेताको रुपमा चिनिन्छन् ।

राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै नेकपामा विवाद हुँदै आएको छ ।

नेकपाको पछिल्लो स्थायी कमिटी बैठकले आन्तरिक छलफल र सहमती गरेर मात्र राजनीतिक नियुक्ति गर्ने सहमती बनाएको थियो । तर पार्टी निर्णय विपरित प्रधानमन्त्री ओलीले अमेरिका र बेलायतको राजदुत नियुक्त गर्नेदेखि मुख्य सचिवमा नियुक्तिमा एकलौटी गरेका थिए ।

राजनीतिक नियुक्तिमा एकलौटी रुपमा अघि बढेको प्रधानमन्त्री ओलीले राखेपको बोर्ड सदस्य नियुक्तिमा समेत प्रचण्ड र नेपाल समूहलाई बाहिर राखेको नेकपाका नेताहरु बताउँछन् ।

गत साउनको १५ गते बसेको नेकपाको खेलकुद महासंघको औपचारिक बैठकले मन्त्रिपरिषद्बाट नियुक्त हुने बोर्ड सदस्यको नाम सिफारिस गरेको थियो ।

महासंघले जनक बर्तौला, अन्जन धमला, गणेश कक्षपती, एकेन्द्र कुँवर, रुद्र थिङ्ग, कोपिला शाही, प्रकाश कुमार कुसारी, योगिता मल्ला सहानी, मानदेव हजारा, भुपाल चाम्लिङ्ग, प्रकाश चन्द, एलिना मगर र राजदा खातुन लगायतको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

तर मन्त्रिपरिषद्बाट मानदेव हजारा र एकेन्द्र कुँवर मात्र नियुक्त हुन सफल भए । मानदेव पछिल्लो समय ओली पक्षिय नेता सत्यनारायण मण्डल र एकेन्द्र सुदुरपश्चिमका ओली पक्षिय नेता कर्ण थापाको निकट छन् । मनोनयनमा प्रचण्ड र नेपाल पक्षका कुनैपनि नेता नियुक्तिमा पर्न सकेनन् ।

खेलकुद महासंघका संयोजक पुरुषोत्तम पौडेलले बोर्ड सदस्य मनोनयनमा पार्टी एकताको भाव झल्किन नसकेको टिप्पणी गरे ।

उनले नियुक्तिको अधिकार प्रधानमन्त्री र मन्त्रीपरिषद्मा निहित रहेपनि नियुक्तिमा एकताको भाव नदेखिएको बताए ।

नयाँ खेलकुद ऐन अनुसार परिषद् अध्यक्षको हैसियतमा खेलकुद मन्त्री विश्वकर्माले साउन १५ गत ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । पार्टी र प्रधानमन्त्रीसंग छलफल नगरि मन्त्री विश्वकर्माले बोर्ड सदस्यमा खेल बिज्ञको रुपमा ईन्दिरा निरौला र रिम रानाभाट तथा खेलकुद संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ र शाहसीक तथा पर्यटकीय खेल क्षेत्रबाट गोविन्द भट्टराईलाई नियुक्त गरेका थिए ।

खेलकुद महासंघका सह–संयोजक समेत रहेका कोइरालाले सदस्य नियुक्तिमा आफुहरुसंग कुनै समन्व्य नभएको बताए ।

‘नेकपाको जनवर्गीय संगठन महासंघ हो । तर सदस्य नियुक्तिमा कुनै समन्व्य र छलफल नेतृत्वबाट भएन ।’ परिषद् उपाध्यक्ष कोईरालाले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP