एजेन्सी । कोलम्बियाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ ।
शनिबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले भेनेजुयलालाई ३–० गोल अन्तरले हराएको हो ।
कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे ।

डुभान जपताले १६ औं मिनेटमा कोलम्बियालाई अ्रता दिलाएका थिए । लुइस मुरीलले २६ औं मिनेटमा कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई सहज अवस्थामा पुर्याएका थिए ।
विश्वकप छनोटको पहिलो खेलमा जित निकाल्दै कोलम्बियाले ३ अंक जोडेको छ । भेनेजुयलाले पहिलो खेलमै हार ब्यहोरेको छ ।