बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेपका ११ बोर्ड सदस्य नियुक्त (नामावली सहित)

शुक्रबार, असोज २३, २०७७हिम बिक्रम केसी
राखेपका ११ बोर्ड सदस्य नियुक्त (नामावली सहित)
Classic Tech Internet Ad

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ ।

साेमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बाेर्ड सदस्य नियुक्त गरेको हो ।  

राजनीतिक सहमती नबन्दा बोर्ड सदस्य नियुक्तिमा ढिलाई हुदै आएको थियो ।

मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ९ जना बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्री ओलीले सदस्य नियुक्त गरेका हुन् ।

नयाँ बनेकाे बाेर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी मनाेनित भएका छन् । 

प्रदेश एकका फुटबलर हरी खड्का खस आर्यबाट, प्रदेश दुईबाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जतजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमबाट एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट, प्रदेश एककै चन्द्र बदना राई महिलाबाट, प्रदेश ५ की सुमित्रा चौधरी थारु महिला कोटाबाट मनोनित भएका हुन् ।

परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका छन् । खेलकुद संघबाट आउने दुई महिला कोटा बाँकी थियो । 

ऐनको दफा ३ को २ को (ट) अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीहरु मध्य सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरि कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ ।

तर यसमा मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीहरु मध्यबाट गर्नुपर्ने उल्लेख छ ।  सोही अनुसार मन्त्रीपरिषद्को साेमबारको बैठकले बोर्ड सदस्यको नियुक्त गरेकाे हाे । 

राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ ।

ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।

मन्त्री विश्वकर्माले परिषद् अध्यक्षको हैसियतमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई नियुक्त गरेका थिए ।

बिज्ञको रुपमा रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघको सिफारिमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ र पर्यतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोविन्द्र भट्टराईलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो ।

नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव काेइराला मन्त्रीपरिषदबाट नियुक्त भइसकेका छन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए