एजेन्सी । कोरोना भाईरस नेगेटिभ आएपछि मिडफिल्डर सेरडान शाकिरी स्विजरल्याण्डको टिममा सामेल भएका छन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा कोरोना नेगेटिभ आएपछि शाकिरी नेसन्स लिग खेल्ने टिममा सामेल भएका हुन् ।
यस अघि कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका थिए ।
यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डरले क्रोएसियासँगको मैत्रीपूर्ण खेल समेत गुमाएका थिए ।
स्विस फुटबल फेडेरेसनले शाकिरी आउने खेलका लागि योग्य भएको जनाएको छ ।
स्विजरल्याण्डले नेसन्स लिगमा अब स्पेन र जर्मनीसँग खेल्दैछ ।
स्विजरल्याण्डले शनिबार मड्रिडमा स्पेनसँग खेल्नेछ । त्यसपछि अक्टोबर १३ मा जर्मनीसँग खेल्नेछ ।