एजेन्सी । लण्डन क्लब चेल्सीका गोलकिपर एडुअर्ड मेन्डीले चोट बोकेका छन् ।
सेनेगलको प्रशिक्षणमा रहेको समय मेन्डीले चोट बोकेका हुन् ।
गत महिनामात्र २८ वर्षिया मेन्डीले चेल्सीसंग ५ वर्षको सम्झौता गरेका थिए ।
र प्रिमियर लिगको डेब्यु खेलमा क्रिस्टल प्यालेसविरुद्ध क्लिन चिट हात पारेका थिए ।
अभ्यासको क्रममा उनका दायाँ थाइमा चोट लागेका छ । लगत्तै उनलाई लण्डन उपचारमा लागि पठाईएको छ ।
सेनेगलले शुक्रबार मोरोक्कोसंग अन्तराष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ ।