एजेन्सी । युरो छनोटको प्लेअफ फाइनलमा स्कटल्याण्ड र सर्बिया भिड्ने भएका छन् ।
बिहिबार राति छनोट प्रतियोगितामा जित निकालेका स्कटल्याण्ड र सर्बिया युरो छनोटबाट एक जित मात्र टाढा रहेका छन् ।
प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डले इजरायलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्यो ।
केनी मेकलिनले स्कटल्याण्डका लागि बिजयी गोल गरेका थिए । नोभम्बर १२ मा सर्बियाबिरुद्ध प्राप्त गर्ने एक जितले स्कटल्याण्डलाई युरो २०२० मा छनोट गराउनेछ ।
खेलाडीको चोट र कोभिड–१९ को प्रोटोकलका कारण स्कटल्याण्डसंग सबै खेलाडी उपलब्ध थिएनन् । तर टिमले ६ खेलको अपराजित यात्रालाई कायमै राखेको छ ।

सर्बियाले समेत प्लेअफको फाइनलमा स्थान बनाउन नर्वेलाई २–१ ले हरायो । अतिरिक्त समयको खेलमा जित निकाल्दै सर्बिया समेत युरो छनोटको नजिक पुगेको छ ।
सर्बियाको जितमा लाजियोका मिडफिल्डर सर्जेज मिलिन्कोभिक सेविकले दुवै गोल गरे । नर्वेका म्याथियस नर्मनले बराबरी गोल फर्काएका थिए ।
बोरुसिया डर्टमण्डका स्टार इर्लिङ हाल्याण्डले नर्वेलाई युरो छनोटमा अघि बढाउन असफल रहे । क्लब फुटबलमा देखिएको प्रर्दशनलाई उनले राष्ट्रिय टिमबाट दोह¥याउन असफल रहे ।