एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्याण्डले वेल्समाथि सहज जित निकालेको छ ।
बिहिबार राति वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को जित दर्ता गर्यो ।
डोमिनिक कल्भर्ट लेविन डेब्यु खेलमा गोल गर्न सफल रहे । उनले यस सिजनमात्र १० गोल पुरा गरे ।
प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन् ।

करिब एक घण्टा मैदानमा बिताएका कल्भर्टले अलराउण्डर प्रर्दशन गर्दै इङ्ल्याण्डको टिममा प्रभाव देखाए ।
२६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । उनले हेडमार्फत इङल्याण्डलाई अग्रता दिलाएका थिए ।
कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । किरन ट्रिप्पियरकाे क्रसमा काेएडीले काेएडीले बललाई पाेस्टकाे दिशा दिन सफल रहे ।
डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए ।
इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससंग अपराजित छ ।
अन्य मैत्रीपूर्ण खेलमा इरानले उजेबिकिस्तानलाई २–१ ले हरायो । नामिबिया र साउथ अफ्रिका तथा बेल्जियम र आइभेरी कोस्टले १–१ गोलको बराबरी खेले ।
अर्को खेलमा स्विडेनले रुसमाथि २–१ को जित आत्मसाथ गर्यो ।