एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा युभेन्टसले सिरि ए फुटबलमा बराबरी खेलेको छ ।
आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।
जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए ।
रोनाल्डोले पनि पेनाल्टीमै ४४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाएका थिए ।
६९ औं मिनेटमा रोनाल्डोकै गोलमा युभेन्ट्स खेलमा फर्कियो । ड्यानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत युभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए ।

एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो ।
आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले दोस्रो खेल खेलेको हो । उसले दोस्रो खेलमा अंक बाँड्न परेको छ । उसले पहिलो खेलमा साम्पोडियालाई ३–० ले हराएको थियो ।
आईतबारको नतिजाले युभेन्ट्स २ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा छ । रोमा १ अंक सहित १३ औं स्थानमा छ ।