• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
केन्द्रको खेलकुद अभ्यास गर्दै गण्डकी प्रदेश
बिक्रम बुढा क्षेत्री
शनिबार, असोज १०, २०७७ बिक्रम बुढा क्षेत्री
केन्द्रको खेलकुद अभ्यास गर्दै गण्डकी प्रदेश

पोखरा । संघीय सरकारको राष्ट्रिय खेलकुद विकास ऐनसंग मिल्ने गरि गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विकास विधेयक २०७७ संसदमा पेश गरेको छ ।

प्रदेश सरकारले सदनमा पेस गरेको ‘प्रदेश खेलकुद विकास विधेयक २०७७’का अधिकांश व्यवस्था राष्ट्रिय खेलकुद विकास ऐनसंग मिल्दो छ ।

सोमबार सदनमा प्रस्तुत गरिएको विधेयक अहिले विधायन समितिमा छलफलका लागि पठाइएको छ ।

विधेयकमा व्यवस्था गरिएको खेलकुदको संरचना र खेलकुद सञ्चालनको कानुनका अधिकांश व्यवस्थामा केन्द्रको अनुशरण गरिएको छ ।

प्रस्तावित विधेयकमा राखिएको प्रदेश खेलकुद परिषद्को संरचना, सदस्य सचिवको छनोट, प्रखेपको सञ्चालनको मोडालिटी, प्रदेश खेल संघको गठन र सञ्चालन सहितका अधिकांश व्यवस्था राष्ट्रिय खेलकुद विकास समिति ऐन २०७७ अनुसार देखिन्छ ।

संघीय संरचना अनुसार प्रदेश तथा जिल्ला खेलकुद विकासको सञ्चालनको सम्पूर्ण अधिकार प्रदेशलाई दिईएको छ । सोही अनुसार प्रदेशले आफ्नै कानुन बनाएर खेलकुद सञ्चालनको तयारी गरेको छ । यसरी प्रदेशले समेत केन्द्रको संरचना र सञ्चालनको मोडालिटी पछ्याउँदै खेलकुद सञ्चालनको तयारी गरेका छन् ।

फिक्सिङ र डोपिङको कानुन

गण्डकी प्रदेश सरकारले खेल मिलेमतो (म्याच फिक्सिङ) र डोपिङ परिक्षणमा असफल हुने खेलाडीलाई कारबाही हुने व्यवस्था कानुनमा समेटेको छ ।

कानुनको अभावमा आरोपितले उन्मुक्ति पाउने अवस्था देखिएपछि प्रदेश सरकारले फिक्सिङ र डोपिङलाई दण्डित गर्र्ने कानुन ल्याउने भएको हो ।

विधेयकको परिच्छेद ७ मा प्रतिबन्धित औषधीको सेवन(डोपिङ), अनियमितता र फिक्सिङ गर्ने÷गराउनेलाई सजायको व्यवस्था गरेको छ ।

डोपिङमा संलग्न खेलाडीलाई पहिलोपटक खेल प्रतियोगितामा भाग लिन नपाउने र १० हजार रुपैयाँ जरिवाना गराइने व्यवस्था विधेयकले गरेको छ ।

दोस्रो पटकदेखि डोपिङ गर्ने र गराउनेलाई १० हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ ।

खेलमा फिक्सिङ वा अनियमितता गरेको पुष्टि भए लेनदेन गरिएको रकम जफत गरिने र ३ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना व्यवस्था गरेको छ ।

अनियमितता गर्ने निर्णायक र खेलाडीलाई १ वर्षदेखि ३ वर्षसम्म निलम्बनसमेत हुनेछ । खेलमा विभेद मच्चाए ३० हजार रुपैयाँदेखि १ लाख रूपैयाँसम्म जरिवाना र झूठा विवरण पेस गर्ने संघको दर्ता खारेज हुने व्यवस्था छ । यी कसुरको मुद्दा जिल्लाले हेर्न सक्ने र पुनरावलोकन उच्च अदालतले गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रदेशले जिल्ला गठन गर्ने

जिल्लाको खेलकुद विकासका लागि प्रदेशले जिल्ला खेलकुद विकास समिति गठन गर्न सक्ने प्रस्तावित ऐनमा उल्लेख छ । जिल्ला खेलकुद विकास समितिले प्रदेश खेलकुद परिषद्ले झैँ जिल्लामा खेलकुदका गतिविधि सञ्चालन गर्न सक्नेछ ।

राष्ट्रिय खेलकुद विकास ऐनले जिल्ला खेलकुद विकास समिति गठन र सञ्चालनको अधिकार प्रदेशलाई दिएको छ । सोही अनुसार कर्मचारी व्यवस्थापन देखि जिल्लाको खेलकुद सञ्चालनको अधिकार प्रदेशलाई रहेको छ ।

प्रदेशमा पनि खेलकुद परिषद्

प्रदेश खेलकुद विकास विधेयकको परिच्छेद २ ले राष्ट्रिय खेलकुद परिषद् झै प्रदेश खेलकुद परिषद्को व्यवस्था गरेको छ ।

प्रदेशमा खेलकुद हेर्ने मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा बन्ने परिषद्ले प्रदेशमा खेलकुदको व्यवस्थापन, सञ्चालन, विकास, विस्तारमा केन्द्रित रहेर काम गर्नेछ ।

प्रदेशको खेलकुद विधेयक नआउँदासम्म क्षेत्रीय खेलकुद विकास समितिबाट खेलकुद सञ्चालन हुदै आएको थियो । मन्त्राललको सिफारिसमा खेल क्षेत्रमा विशिष्ट योगदान पु¥याएका खेलाडीलाई प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

यस्तै, प्रदेशको खेलकुद विकासका लागि प्रदेश बोर्डको परिकल्पना गरिएको छ । परिषद्को बोर्डमा मन्त्रालयका सचिव, फरक फरक खेल विधाका ४ खेलाडी (कम्तीमा २ महिला), प्रदेश प्रहरी कार्यालयका खेल प्रमुख, गण्डकी विश्विद्यालयका प्रतिनिधि, उद्योग तथा पर्यटन व्यवसायीबाट १-१ जना, अपांग महासंघबाट १ जना, प्रदेश स्तरीय खेल संघबाट १ महिला सहित ३ महिला सदस्य रहने छन् । परिषद्मा एक सदस्य सचिव चयन हुनेछन् । सदस्यको पदावधि ४ वर्षको रहने व्यवस्था गरिएको छ ।

विधेयकमा परिषद्ले खेलकुद विकासका लागि अवलम्बन गर्नुपर्ने नीति, खेलकुदको विकास र पूर्वाधारको सम्बन्धमा प्रदेशलाई सुझाव दिन सक्नेछ ।

परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्ने अधिकार व्यवस्था गरिएको छ । खेलकुद विकासका लागि परिषद्ले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

खेल क्षेत्रमा छात्रवृत्ति निर्धारण गर्ने जिम्मेवारी प्रदेश खेलकुद परिषद्ले पाउनेछ । परिषद्ले ऐन वमोजिम खेलकुदका गतिविधि सञ्चालन गर्न निर्देशिका बनाउनुपर्नेछ ।

खेलाडीको वर्गिकरण

खेलाडीलाई वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराउने व्यवस्था विधेयकले गरेको छ । खेलाडीमात्रै नभएर परिषद्ले प्रशिक्षक, निर्णायकको समेत अभिलेख राख्ने र खेलकुद संघका नवीकरण गर्ने अधिकार प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनले राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई राष्ट्रिय खेलाडी र अन्तराष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई अन्तराष्ट्रिय खेलाडीको रुपमा व्याख्या गर्दै खेलाडी शब्दलाई परिभाषित गरेको छ ।

कार्यकारी समितिको व्यवस्था

विधेयकको परिच्छेद ३ ले प्रदेश खेलकुद परिषद् सञ्चालनका लागि कार्यकारी समितिको व्यवस्था गरेको छ । परिषद्को सदस्य सचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यकारी समिति बन्नेछ ।

समितिमा परिषद्को अध्यक्षले मनोनयन गर्ने ३ सदस्य, मन्त्रालयको खेलकुद हेर्ने महाशाखा प्रमुख तथा परिषद्का प्रशासन प्रमुख सदस्यको रुपमा रहनेछन् । कार्यकारी समितिले परिषद्को निर्णय कार्यान्वयनदेखि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर खेलाडीको स्तरोन्नति गर्न सक्नेछ ।

सदस्य सचिवको योग्यता

परिषद्का सदस्य सचिवको योग्यताको व्यवस्था पनि विधेयकमा गरिएको छ ।

स्नातक तह उत्र्तीण गरेको, खेल क्षेत्रमा विशेष योगदान पु¥याएको र ३० वर्ष नाघेको व्यक्ति प्रदेश खेलकुद विकास समितिको सदस्य सचिव बन्न सक्नेछन् ।

सदस्य सचिवले प्रदेश सरकारको स्रोतबाहेक अन्य स्रोतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा भाग लिन खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत प्रतिनिधि पठाउन सक्ने अधिकार दिइएको छ ।

प्रदेश खेलकुद परिषद्को कोषमा प्रदेश तथा केन्द्र सरकारबाट प्राप्त रकम तथा अन्य निकायको सहयोग रकम रहने व्यवस्था विधेयकले गरेको छ ।

खेलकुद संघ अहिले क्षेत्रीय खेलकुद विकास समितिमा दर्ता हुँदै आएका छन् । संघीयताको कार्यान्व्यनसँगै खेलकुद संघलाई पनि प्रदेश मातहत नै ल्याइनेछ । खेलकुद संघ परिषद्मा दर्ता गर्नुपनेछ ।

खेल संघको विधानमा प्रत्येक ४ वर्षमा खेल संघका पदाधिकारी तथा सदस्यको निर्वाचन हुनुपर्ने व्यवस्था छ । जिल्ला खेल संघ गठन गर्न कम्तीमा ३ वटा स्थानीय तहमा खेल संघ गठन भएको हुनुपर्ने छ ।

खेलाडी कल्याणकारी कोष

खेलाडीको सामाजिक सुरक्षा, बिमा तथा आकस्मिक उद्धारका लागि प्रदेश विधेयकले खेलाडी कल्याणकारी कोषको परिकल्पना गरेको छ ।

प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडी ‘म्याच फी’ बाहेक अन्य आर्थिक स्रोत नपाएपछि विभागीय टोलीमा अनुबन्धित हुने गरेका छन् ।

यसले गर्दा गण्डकी प्रदेशको खेलकुद गतिविधि हराउन थालेको छ । कुनै समय राष्ट्रिय भलिबल प्रतियोगितामा दाबेदार मानिने गण्डकी प्रदेश खेलाडीहरु विभागीय टोलीबाट खेल्न थालेपछि सहभागितासम्म पनि जनाउँदैन ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पनि विभिन्न प्रतियोगितामा गण्डकीले सहभागिता नजनाएपछि न्युडायमण्ड एकेडेमीबाट खेल्दै आएकी छिन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP