मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

फुटबलकाे प्रशिक्षण खुलाउन मन्त्रालयकाे सिफारिस

बिहिबार, ०८ आश्विन २०७७खेलपाटी संवाददाता
फुटबलकाे प्रशिक्षण खुलाउन मन्त्रालयकाे  सिफारिस
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले फुटबलकाे प्रशिक्षण खुलाउन सरकारसंग सिफारिस गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुरोधमा मन्त्रालयले फुटबल प्रशिक्षणका लागि अनुमती प्रदान गर्न सरकारसंग सिफारिस गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहिबार फुटबल प्रशिक्षण खुल्ला गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा प्रस्ताव पेश गरेका छन् ।

सीसीएमसीले खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रीपरिषद्मा लैजानेछ ।

मन्त्रीपरिषद्ले सीसीएमसीको राय अनुसार आवश्यक निर्णय गर्नेछ ।

एन्फाले आवश्यक स्वास्थ्य सुरक्षाको पालना गर्दै प्रशिक्षण खेल्न सरकारसंग आग्रह गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोनाका कारण गत चैतबाट फुटबल गतिविधि ठप्प छ । युरोप लगायत अन्य देशमा विभिन्न फुटबल प्रतियोगिताहरु सञ्चान भएपनि नेपालमा सामान्य प्रशिक्षण समेत सुरु हुन सकेको छैन । त्यसैले एन्फाले तत्काल प्रशिक्षण खुल्लाका लागि सरकारसंग अनुमती माग गरेको हो ।

गत हप्ता एन्फाका पदाधिकारीले राखेप सदस्य सचिव रमेशकुमार सिलवालसंग भेट गरि प्रशिक्षण गर्ने वातावरण मिलाईदिन अनुरोध गरेका थिए ।

खेलकुद मन्त्रालयले राखेपको प्रस्ताव अनुसार सीसीएमसीमा फुटबल प्रशिक्षण खुल्ला गर्ने फाईल अघि बढाएको हो ।

कोरोनाका कारण घरेलु खेलकुदका गतिविधि ठप्प छन् । सरकारले दैनिक जनजीवनलाई केन्द्रमा राख्दै लकडाउन र निषेधाज्ञा खुल्ला गरेपनि खेलकुदमाथिको रोकावट कायमै राखेको छ । सरकारले आवश्यक निर्णय लिन नसक्दा खेलाडीहरु प्रशिक्षणमा फर्कन पाएका छैनन् भने खेलकुद गतिविधि ठप्प छ ।

एन्फाले प्रतियोगितालाई तत्काल थाती राखेर खेलाडीलाई प्रशिक्षणमा फर्काउने तयारी गरेको हो । खेलाडीलाई अभ्यासमा फर्काउन सकेको अवस्थामा अनुकुल समयमा प्रतियोगिता सञ्चालन गर्न सकिने एन्फाको विश्वास छ ।

प्रशिक्षणको अनुमती पाएको अवस्थामा दर्शक विहिन फुटबल प्रतियोगिता सञ्चालन गर्ने एन्फाको तयारी छ । कोरोनाका कारण एन्फाको बार्षिक फुटबल क्यालेन्डर प्रभावित छ । कोरोनाले प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय लिग, महिला लिग, बी डिभिजन र सी डिभिजन लिग स्थगित अवस्थामा छ ।

एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण समेत सुरु गर्ने तयारी गरेको थियो । तर एसियाली फुटबल महासंघ एएफसीले कोरोनाका कारण विश्वकपको छनोट प्रतियोगिता स्थगित गरेसंगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षण समेत अन्तिम समयमा रद्ध गरिएको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै