एजेन्सी । नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षकमा फ्रान्क डी बोअर नियुक्त भएका छन् ।
रोनाल्ड कोम्यानले टिम छाडेर बार्सिलोनाको मुख्य प्रशिक्षक भएपछि नेदरल्यान्ड्सले फ्रान्कलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
फ्रान्कले नेदरल्यान्ड्ससँग दुई वर्षको सम्झौता गरेका छन् । नेदरल्यान्ड्सले २०२२ को कतार विश्वकप फ्रान्कको नेतृत्वमा खेल्नेछ ।
५० वर्षीय फ्रान्क नेदरल्यान्ड्सका पूर्व डिफेन्डर हुन् ।
फ्रान्कले नेदरल्यान्ड्सका लागि दुई विश्वकप खेलेका थिए । उनले राष्ट्रिय टिमका लागि १ सय १२ खेल खेलेका थिए ।
फ्रान्कले क्लब फुटबलमा अयाक्स, इन्टर मिलान लगायतको टिम हेरिसकेका छन् ।