पोलार्ड मुम्बईका लागि १५० खेल खेल्ने पहिलो खेलाडी
बुधबार, असोज ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । किरोन पोलार्ड मुम्बई इन्डियन्सका लागि इन्डियन प्रिमियर लिग (आईपीएलमा) मा १ सय ५० खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।
युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत बुधबार कोलकत्ता नाइट राइडर्सविरुद्ध मैदान उत्रदै पोलार्डले १ सय ५० खेल पुरा गरेका हुन् ।
वेस्ट इन्डिजका ३३ वर्षीय अलराउन्डर पोलार्डले सन् २०१० बाट मुम्बईबाट आईपीएल खेल्दै आइरहेका छन् ।
मुम्बईले चार पटक आईपीएलको उपाधि जित्दा पोलार्डको भूमिका महत्वपूर्ण रहेको थियो ।
उनले आईपीएलमा २ हजार ७ सय ७३ रन बनाईसकेका छन् । यस्तै ५६ विकेट हात पारिसकेका छन् ।









-1762997834781.jpeg&w=3840&q=75)




