जिम्बावेले पाकिस्तानको भ्रमण गर्ने
बुधबार, ०७ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । जिम्बावे क्रिकेट टिमले आगामी अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
जिम्बावे सरकारले बुधबार क्रिकेट टिमलाई पाकिस्तान भ्रमणको लागि अनुमति दिएको जिम्बावे क्रिकेटले जनाएको छ ।
अक्टोबरदेखि नोभेम्बरसम्म हुने भ्रमणमा जिम्बावेले पाकिस्तानसँग सिमित ओभरको क्रिकेट सिरिज खेल्नेछ ।
जिम्बावे र पाकिस्तानले आईसीसी क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको एकदिवसीय सिरिज खेल्ने बताईएको छ ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज पनि हुनेछ ।
कोरोना भाईरसको महामारीपछि जिम्बावे पहिलोपटक पाकिस्तान भ्रमणमा निस्कन लागेको हो ।
पाकिस्तानले यस अघि इंग्ल्यान्डको भ्रमण गरिसकेको छ ।












-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)
-1768445380692.webp&w=3840&q=75)