एजेन्सी । स्पेनिस फरवार्ड अल्भारो मोराटा इटालियन क्लब युभेन्ट्स फर्किएका छन् ।
सिरी ए क्लब युभेन्ट्सले मोराटालाई एक सिजनको लागि लोनमा अनुबन्धन गरेको हो ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युभेन्ट्सले मोराटालाई क्लब फर्काएको हो ।

युभेन्ट्स र मोराटाबीच औपचारिक सम्झौता भने भएको छैन ।
तर, टुरिन आईपुगेका मोराटाले मेडिकल गरिसकेका छन् ।
२७ वर्षीय मोराटाले यस अघि सन् २०१४ देखि १६ सम्म टुरिनमा बिताएका थिए ।
टुरिनमा दुई सिजन रहदा उनले ९३ खेलमा २७ गोल गरेका थिए ।
त्यसपछि मोराटा रियल मड्रिड र चेल्सी हुँदै एट्लेटिको आएका थिए ।
एट्लेटिकोमा ६१ खेलमा उनले २२ गोल गरिसकेका छन् ।
