एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाका डिफेन्डर टाइरोन मिङ्सले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
क्लबमा थप चार वर्ष रहने गरी डिफेन्डर मिङ्सले एस्टनसँग सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै मिङ्स सन् २०२४ सम्म क्लबमा रहने छन् ।
इंग्लिस डिफेन्डर मिङ्स सन् २०१९ मा बर्नेमाउथबाट क्लब आएका थिए ।
गत सिजन मिङ्सले एस्टनका लागि ३३ खेल खेलेका थिए ।
२७ वर्षीय डिफेन्डरले एस्टनका लागि २ खेल खेलेका छन् ।