• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'
नमीन ढकाल
आइतबार, असोज ४, २०७७ नमीन ढकाल
'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका व्यवस्थापक मधुशुदन उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर मात्रै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।

खेलपाटीसँग बोल्दै उनले भने, ‘पहिला खेलाडीको हकमा तलब बढ्नुपर्छ । खेलाडीको तलब नबढेको निकै समय भैसकेको छ ।’

उनले राष्ट्रका लागि खेल्ने खेलाडीको तलबमा वृद्धि नगरेर कर्मचारीको प्रक्रिया अघि बढाउँदा बाहिर राम्रो सन्देश नजाने र सो बिषय उपयुक्त समेत नहुने उल्लेख गरे ।

‘पहिला खेलाडीकोनै तलब नबढाई कर्मचारीको बढाउँदा बाहिर नराम्रो छाप जान्छ । उपयुक्त पनि हुँदैन । पहिलो चरणमा तबल वृद्धि हुँदा खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनले भने ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले ५२ सालमा एन्फा अध्यक्षमा निर्वाचित भएपछि खेलाडीलाई तबल दिन सुरुवात गरेका हुन् ।

उनले सुरुवाती चरणमा १५ सयबाट तलब सुरु गरेर आफ्नै कार्यकालमा १५ हजार सम्म पुर्याएका थिए ।

भ्रष्टाचारको आरोपमा थापा फिफाबाट प्रतिबन्धमा परेपछि एन्फाको नेतृत्वमा नरेन्द्र श्रेष्ठ हुँदै कर्माछिरिङ शेर्पा आईपुगेका छन् । तर लामो समय बितिसक्दा समेत खेलाडीको तलब बढ्न सकेको छैन ।

हाल पुरुष खेलाडीले एन्फाबाट मासिक १५ हजार र महिला खेलाडीले ७ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

भर्खरैमात्र कर्मचारी नियमाबली आएसँगै एन्फाले आफ्ना कर्मचारीको तलब बढाउने तयारी गरिरहेको छ । नियमावली कार्यान्वयनमा नआउँदा कर्मचारीले साउन यताको तलब समेत पाएका छ्रैनन् ।

केहि समयअघि आएको कर्मचारी नियमावलीले विगतमा स्थायी रुपमा रहँदै आएका कर्मचारीले अब करारका आधारमा काम गर्नुपर्ने भएको छ ।

एसियाली फुटबल महासंघ एएफसीले कर्मचारीलाई ‘बेसिक’ पारिश्रमीक दिएर राख्नुपर्ने प्रस्ताब अगाडी सारेसंगै एन्फाले समेत आफ्ना कर्मचारीलाई करारमा राख्ने निर्णय गरेको हो । सामान्यतया कर्मचारीसंग एन्फाले ६ महिनादेखि २ बर्षसम्म सम्झौता गर्नेछ । तर विगत लामो समयदेखि एन्फामा कार्यरत कर्मचारीले उपदान पाउनुपर्ने माग राखेपछि कर्मचारी नियमाबली विबादमा आएको थियो ।

हाल एन्फाका १७ सदस्य निर्वाचित कार्यसमिति सदस्य बाहेक अन्य सबै कर्मचारीले सञ्चयकोष सहित तलबमा रहेका छन् । एन्फा कार्यसमितिबाट महासविच, कोषाध्यक्ष र मानार्थ सदस्यले तबल लिने परम्परा रहेकोे छ ।

हाल कर्मचारीको मात्रै तलब बढ्ने भएपछि खेलाडीसमेत आफुहरुको तबल बढाउनुपर्ने माग राख्दै आएका छन् । यस्तै, महिला–पुरुष तलब बराबर गराउने माग समेत बढ्दै गएको छ ।

एन्फा कार्यसमिति सदस्य समेत रहेका उपाध्यायले महिला पुरुषको तलब बराबर गर्नुपर्ने मत राख्दै आएका छन् ।

‘बाहिरका अधिकांश मुलुकमा महिला पुरुषको तलब समान हुन थालिसकेको छ । हामीले पनि त्यसलाई कार्यान्वयन गराउनुपर्छ । पुरुषले जति पाउँछन्, महिलाले पनि समान पाउनुपर्छ । एन्फाले यस बिषयमा निर्णय गर्नुपर्छ ।’ उपाध्यायले भने ।

उनले कर्मचारीको समेत योग्यता र कार्यक्षमता लगायत विवरण हेरेर मात्र तलब वृद्धि गर्नुपर्ने बताए ।

‘एन्फाको कर्मचारी नियमाबली अनुसार अब करारमा राख्दा कर्मचारीको कार्यक्षमता, योग्यता, जिम्मेवारी, पद अनुसारको तलब पाउनुपर्छ । तर खेलाडीको तलब नबढेर कर्मचारीको बढ्दैन ।’ उपाध्यायले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP