शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सरकारको मानपदवीबाट अपमान महशुश – खेलाडी संघ

शनिबार, ०३ आश्विन २०७७खेलपाटी संवाददाता
सरकारको मानपदवीबाट अपमान महशुश – खेलाडी संघ
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले संविधान दिवसका अवसरमा सरकारले दिएको मानपदवीबाट खेलकुद क्षेत्रले अपमान महशुश गरेको बताएको छ ।

शनिबार बिज्ञप्तीमार्फत खेलाडी संघले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उच्च प्रर्दशन गर्दै ऐतिहासिक सफलता दिलाएका खेलाडीलाई सरकारले मानपदवीबाट बिमुख गर्दा अपमानको महशुश भएको बताएको हो ।

सरकारले छैटौं संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी र अलंकारबाट विभूषित गर्दा खेल क्षेत्रबाट खेल पदाधिकारी सहित १९ जनाको नाम समावेश गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेर देशको अन्तराष्ट्रिय जगतमा गौरव बढाएका खेलाडीलाई मानपदवीमा सरकारले समावेश गरेको छैन ।

नेपालले १३ औं सागमा सर्वाधिक पदक जितेको बर्ष भएको उल्लेख गर्दै खेलाडी संघले खेल क्षेत्र र खेलाडीको सम्मानमा सम्बन्धित निकायको ध्यान नपुगेको उल्लेख गरेको छ ।

‘सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले अपमान महशुश गर्नुपर्ने दुखद अवस्था सृजना भएको छ ।’ संघका अध्यक्ष दिपक श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवीका लागि फारम भर्न लगाएको थियो । तर शनिबार सार्वजनीक भएको मानपदवी पाउने सूचिमा सागका स्वर्ण पदक विजेता खेलाडीको नाम समावेश छैन ।

खेलाडी संघले सरकारले सार्वजनीक गरेको सूचिमा खेलाडीको नाम समावेश नहुनु दुखद पक्ष रहेको उल्लेख खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण पुन उजागर भएको निष्कर्श खेलाडी संघले निकालेको छ ।

'सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहदैन । यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको यहाँ उल्लेख गर्न चाहन्छौं । आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ ।' खेलाडी संघले भनेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा