एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो करिब दुई महिना मैदान बाहिर रहने भएका छन् ।
चोटका कारण अग्युरो प्रिमियर लिगको सुरुवाती दुई महिना मैदान बाहिर रहने पक्का भएको हो ।
उनले गत जुन २२ मा वर्नलीबिरुद्धको खेलमा घुँडामा चोट बोकेका थिए ।
सोही कारण उनले गत सिजन प्रिमियर लिगका १० खेल र च्याम्पियन्स लिगका २ खेल गुमाएका थिए ।
सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले ३२ बर्षिया फरवार्ड नोभेम्बरको अन्तिमसम्म मैदान बाहिर रहने बताएका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता हुन् ।
‘उनको चोट गम्भिर रहेको थाहा हुन आएको छ । ग्वार्डीओलाले भनेका छन् ।
‘उनी हामीसंग एक प्रशिक्षण सत्रमा समेत सहभागी भएका छैनन् । सर्जियो त्यो व्यक्ति हैनन्, जसले आफ्नो शारीरिक अवस्थालाई चाँडै निको गर्छन् । उनी लामो समयदेखि बाहिर छन् । त्यसैले उनी एक वा दुई महिनामा तयार हुनेछन् ।’ सिटी प्रशिक्षकले भने ।
अग्युरोलाई सिटीमा ग्याब्रियल जिससले स्थानान्तरण गर्नेछन् । उनले गत सिजन अन्तिम १२ खेलमा ५ गोल गरेका थिए ।
ग्वार्डीओलाको सिटीले सोमबार उल्भ्ससंग खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ । सिटीसंग समर ट्रान्सफरमा अनुबन्धन गरिएका फेरान टोरेस समेत विकल्पको रुपमा उपलब्ध हुनेछन् ।