एजेन्सी । जर्मन क्लब हामबर्गका डिफेन्डर टोनी लिस्टनरलाई पाँच खेलको प्रतिबन्ध लागेको छ ।
विपक्षी टिमको समर्थकलाई आक्रमण गरेको आरोपमा जर्मन फुटबल संघले टोनीलाई पाँच खेलको प्रतिबन्ध लागेको हो ।
जर्मन कप अन्तर्गत सोमबार डाइनामोविरुद्धको खेलमा उनले विपक्षी टिमका समर्थकलाई आक्रमण गरेका थिए । जुन खेलमा टोनीको टिम ४-१ ले पराजित भएको थियो ।
उनलाई ८ हजार युरो जरिवाना समेत गरिएको छ ।
टोनीले खेलपछि दर्शक बस्ने प्यारापिटमा गएर दर्शनलाई भौतिक आक्रमण गरेको बताईएको छ ।
जर्मन फुटबल संघले ३० वर्षीय डिफेन्डर धेरै पटक दर्शकलाई अपमान गरेको समेत जनाएको छ ।
संघले टोनीले कोरोना भाईरसको प्रोटोकल समेत तोडेको जनाएको छ ।