एजेन्सी । चेल्सीका मिडफिल्डर कोनोर गलाघर वेस्ट ब्रुममा अनुबन्धित भएका छन् ।
इंग्ल्यान्डका युवा मिडफिल्डलाई एक सिजनको लागि लोनमा वेस्ट ब्रुमले अनुबन्ध गरेको हो ।
२० वर्षीय मिडफिल्डर वेस्ट ब्रुमको प्रशिक्षणमा समेत सहभागी भैसकेका छन् ।
शनिबार हुने एभर्टनविरुद्धको खेलमा उनले डेब्यु गर्ने सम्भावना रहेको छ ।
इंग्ल्यान्ड यू-२१ टोलीका सदस्य कोनोरले चेल्सीको सिनियर टिममा भने डेब्यु गरेका छैनन् ।
गत सिजन उनले लोनमा दुई च्याम्पियनसिप क्लबबाट खेलेका थिए ।
च्लार्टन एथ्लेटिकबाट उनले २५ खेलमा ६ गोल गरेका थिए ।
यस्तै स्वान्सी सिटीका लागि १९ खेल खेलेका थिए ।