एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ ।
बायर्नको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:१५ बजे सुरु हुनेछ ।
एलिनाज स्टेडियममा बायर्न सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
बायर्नले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो ।
बायर्नले बोरुसिया डर्टमण्डलाई १३ अंकले पछि पार्दै उपाधि जितेको थियो । बायर्न उक्त लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ ।
तर, बलियो टिम साल्केको चुनौती पन्छाउन बायर्नलाई कठिन भने हुनेछ ।
साल्के पनि बायर्नलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
साल्केविरुद्ध थोमर मुलर, रोबर्टो लेवान्डोस्की र सेर्जी गनाब्रेले अग्र पंक्ति सम्हाल्नेछ ।
म्यानचेस्टर सिटीबाट क्लब आएका लोरी सानेले डेब्यु गर्ने सम्भावना रहेको छ ।
किङ्सले कोमानले खेल्ने सम्भावना न्यून रहेको छ ।
यस्तै थियागो अलाकान्टरा टिममा हुने छैनन् । लिभरपुलसँग अनुबन्धका लागि थियागो लण्डनमा रहेका छन् ।