एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नो फर्नान्डेसले 'सर म्याट बस्बी प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
युनाइटेड आएका पहिलो सिजनमै फर्नान्डेसले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
क्लबको समर्थकको भोटको आधारमा फर्नान्डेसले अवार्ड जितेका हुन् ।
पोर्चुगिज मिडफिल्डर फर्नान्डेसले २०१९/२० को सिजन २२ खेलमा १२ गोल र ८ गोलका लागि अस्सिट गरेका थिए ।
म्यानचेस्टर युनाइटेडको पूर्व प्रशिक्षक सर म्याट बस्बीको सम्मानमा युनाइटेडले हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्छ ।
यस अवार्ड सर्वाधिक धेरै गोलकिपर डेभिड डे गियाले जितेका छन् । उनले ४ पटक जितेका छन् ।
यस्तै क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेका थिए ।
यस अघि फर्नान्डेसले प्लेयर अफ दि सिजन अवार्ड जितेका थिए ।
