एजेन्सी । इटालियन क्लब युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुईनले क्लब छाड्ने पक्का भएको छ ।
युभेन्ट्सले अर्जेन्टिनाका फरवार्ड हिगुईनले क्लब छाड्ने पक्का गरेको छ ।
सामाजिक संजालबाट युभेन्ट्सले हिगुईनलाई नयाँ यात्राको लागि शुभकामना समेत दिएको छ ।
हिगुईनले अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग सम्झौता गर्ने बताईएको छ ।
मियामीसँगको सम्झौताका लागि हिगुईन अमेरिकाको फ्लोरिडा पुगिसकेका छन् ।
३२ वर्षीय हिगुईनले चार सिजन युभेन्ट्समा बिताएर मियामी जान लागेका हुन् ।
सन् २०१६ मा नापोलीबाट युभेन्ट्स आएका उनले १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।
रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका हिगुईनले युभेन्ट्सबाट ३ सिजन सिरी ए र दुई पटक कोपा इटालिया जितेका छन् ।
इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले यस अघि युभेन्ट्सकै मिडफिल्डर ब्लेस माटुइडीलाई अनुबन्ध गरेको थियो ।