एजेन्सी । बोरुसिया डर्टमण्डका फरवार्ड इर्लिङ हाल्याण्डले जाडोन साञ्चो क्लबमै बस्ने विश्वास ब्यक्त गरेका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसंग जोडिएका साञ्चो जर्मन क्लबमै बस्ने हाल्याण्डको विश्वास छ ।
साञ्चो पछिल्लो समय प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसंग जोडिएका छन् । तर प्रक्रियाले अन्तिम रुप पाउन सकेको छैन ।
डर्टमण्डले इङ्ल्याण्डका विङ्गरका लागि प्रस्ताव गरेको १ सय ८ मिलियन पाउण्ड रकम तिर्न युनाइटेड अनिच्छुक छ ।
‘मलाई लाग्छ, पुरै प्रि–सिजनमा साञ्चो धेरै राम्रो भएका छन् ।’ हाल्याण्डले भने ।
‘उनी यस सिजन हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन् ।' उनले थपे ।
युनाइटेडसंग जोडिएको सन्दर्भमा हाल्याण्डले भने, 'त्यो केही चिज हैन, जसमा म सहभागी हुँ ।'
'उनीनै यसका लागि जिम्मेवार छन् । म यस बिषयमा धेरै टिप्पणी गर्न चाहन्न ।' उनले थपे ।
'तर यदी उनी बन्छन् भने म धेरै खुसी हुन्छु । किनकी उनी राम्रो साथीसंगै राम्रो खेलाडी पनि हुन् ।' हाल्याण्डले भने ।

साञ्चोले डर्टमण्डका लागि सय खेलमा ३५ गोल गर्नुका साथै ४४ गोलको अवसर सिर्जना गरेका छन् ।
पछिल्लो हप्तामात्र जर्मन कपमा साञ्चोले गोल गरेका थिए ।
डर्टमण्डले शनिबारबाट बुन्डेसलिगाको सिजन सुरुवात गर्दैछ । उसले घरेलु मैदानमा बोरुसिया मोन्चेनग्ल्याडवाचसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।
हाल्याण्डले गत सिजन डर्टमण्डका लागि डेब्यु सिजनमा १८ खेलमा १६ गोल गरेका थिए ।