मिलानको जितमा इब्राहिमोभिचको गोल
शुक्रबार, असोज २, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणको छनोटमा जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २-० गोल अन्तरले हराएको हो ।
डब्लिनमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले एक एक गोल गरे ।
मिलानले खेलको २३ औं मिनेटमा इब्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा कलहानोग्लुले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस्तै इंग्लिस क्लब टोटेनहमले लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ ।
टोटेनहमको जितमा ह्यारी केन र टान्गी एनडोम्बेलेले एक एक गोल गरे ।
९ खेलाडीमा समेटिएको लोकोमोटिभका जिओर्जी मिन्चेभले एक गोल फर्काए ।













-1761641224925.jpeg&w=3840&q=75)