एजेन्सी । च्याम्पियन्स लिग फुटबलको 'फरवार्ड अफ दि सिजन' अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
च्याम्पियन्स लिगले बिहीबार सार्वजनिक गरेको 'फरवार्ड अफ दि सिजन'को मनोनयनमा तीन खेलाडी परेका छन् ।
मनोनयनमा च्याम्पियन टिम बायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की, उपविजेता टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पे र नेयमार रहेका छन् ।
यस्तै गोलकिपर अवार्डका लागि पीएसजीका केलर नाभास, बायर्नका मानुएल नुएर र एट्लेटिको मड्रिडका जान ओब्लाक मनोनयनमा परेका छन् ।
मिडफिल्डर अवार्डका लागि म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नका थोमस मुलर र थियागो मनोनयनमा परेका छन् ।
डिफेन्डरमा बायर्नका डेभिड अल्बा, अल्फान्सो डेभिस र जोसुवा किमिच मनोनयनमा परेका छन् ।
अवार्ड विजेताको घोषणा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ । जुन अक्टोबर १ मा हुनेछ ।