जापानी फरवार्ड मुटो आइबरमा
बुधबार, ३१ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । जापानी फरवार्ड योशिनोरी मुटो स्पेनिस क्लब आइबरमा अनुबन्धित भएका छन् ।
ला लिगा क्लब आइबरले लोनमा मुटोलाई अनुबन्धन गरेको हो ।
प्रिमियर लिग क्लब न्युकासलबाट आइबरले एक सिजनको लागि लोनमा मुटोलाई अनुबन्धन गरेको हो ।
२८ वर्षीय फरवार्ड २०१८ मा मैन्जबाट न्युकासल आएका थिए ।
न्युकासलका लागि उनले २८ खेलमा २ गोल गरेका छन् ।
जापानका लागि उनले २९ खेलमा ३ गोल गरेका छन् ।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
