आर्सनलका मार्टिनेज एस्टनमा अनुबन्धित
बुधबार, भदौ ३१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । गोलकिपर इमिलियानो मार्टिनेज प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।
अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई एस्टनले आर्सनलबाट क्लबमा भित्र्याएको हो ।
एस्टनले बुधबार गोलकिपर मार्टिनेजसँग सम्झौता गरिएको जनाएको छ ।
२८ वर्षीय गोलकिपरले एस्टनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
सन् २०१२ मा आर्सनलको सिनियर टिममा डेब्यु गरेका मार्टिनेजले पछिल्लो समय लोनमा अन्य क्लबबाट खेल्दै आएका थिए ।
गत सिजन मार्टिनेजले रिडिङबाट लोनमा खेलेका थिए ।
आर्सनलका लागि भने उनले १५ खेल खेलेका छन् ।
अर्जेन्टिनाका लागि मार्टिनेजले यू-१७ र यू-२० टोलिबाट खेलेका छन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


