एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्ध गरेको छ ।
अर्जेन्टिनाका गोलकिपरलाई एस्टनले आर्सनलबाट अनुबन्ध गरेको हो ।
२८ वर्षीय गोलकिपरले एस्टनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
सन् २०१२ मा आर्सनलको सिनियर टिममा डेब्यु गरेका मार्टिनेजले पछिल्लो समय लोनमा अन्य क्लबबाट खेल्दै आएका थिए ।
गत सिजन मार्टिनेजले रिडिङबाट लोनमा खेलेका थिए ।
आर्सनलका लागि भने उनले १५ खेल खेलेका छन् ।
अर्जेन्टिनाका लागि मार्टिनेजले यू-१७ र यू-२० टोलिबाट खेलेका छन् ।