एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको सिजनको पहिलो खेलमा लेभान्टेलाई ४-२ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो ।
पहिलो मिनेटमै जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, १२ औं मिनेटमा गाब्रिएल पाउलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरी ल्याए ।
३६ औं मिनेटमा लुइसले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा म्याक्सिमिलानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई २-२ गोलको बराबरी फर्काए ।

त्यसपछि भ्यालेन्सियाका म्यानुएल भालेजो चम्किए ।
७५ औं मिनेटमा म्यानुएलले गोल गर्दै भ्यालेन्सियालाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा म्यानुएलले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ४-२ को जित दिलाए ।
जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । भ्यालेन्सिया तालिकाको शीर्ष स्थानमा रहेको छ ।
लेभान्टेले भने हारबाट सिजनको सिरुवत गरेको छ ।