एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको सिजनको पहिलो खेलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।
टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।

डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिगेजसहित मैदान उत्रिएको एभर्टनले टोटेनहमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।
एभर्टनले अन्य गोलको सुनौलो मौका समेत गुमाएको थियो । एभर्टनले टोटेनहमको पोस्टमा आधार दर्जन आक्रमण गरेको थियो ।
बल पोजिसनमा पकड जमाएको घरेलु टोलि पनि गोल गर्न चुकेको थियो । केहि राम्रो अवसरमा टोटेनहमका फरवार्डहरु चुकेका थिए ।

जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ ।
जोसे मोरिन्होको टोटेनहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

