एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भरह्याम्पटनका मुख्य प्रशिक्षक नुनो सान्टोले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
पोर्चुगिज प्रशिक्षक सान्टोले आइतबार उल्भ्ससँग थप तीन वर्ष क्लबमा रहने गरी सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै सान्टो सन् २०२३ सम्म उल्भ्सको मुख्य प्रशिक्षक रहने छन् ।
सान्टोले उल्भ्ससँगको सम्झौता एक वर्ष बाँकी रहदै नयाँ सम्झौता गरेका हुन् ।
उल्भ्स च्याम्पियनसिपमा रहदा सन् २०१७ मा सान्टो मुख्य प्रशिक्षक बनेका थिए ।
सान्टोकै नेतृत्वमा उल्भ्स प्रिमियर लिगमा बढुवा भएको हो ।
उल्भ्सले सोमबार सेफिल्डसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।