एजेन्सी । फ्रान्सको लिग वान फुटबलमा लिल ओएससीले दोस्रो जित निकालेको छ ।
आइतबार साँझ भएको खेलमा मेट्जलाई १-० गोल अन्तरले पराजित गर्दै लिलले दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लिललाई जित दिलाउन लुइज आरुजुले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८८ औं मिनेटमा लुइजले गोल गरेका थिए ।

जितसँगै लिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लिलले ३ खेलमा ७ अंक जोडेको छ । लिलले यस अघिका दुई खेलमा एक जित र एक बराबरी खेलेको थियो ।
मेट्जको यो लगातार दोस्रो हार हो । दुई खेलमा मेट्जले अंक जोड्न सकेको छैन ।
मेट्ज तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।