• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कहाँ पुग्यो राखेप सदस्य नियुक्तिको प्रक्रिया ?
खेलपाटी संवाददाता
आइतबार, भदौ २८, २०७७ खेलपाटी संवाददाता
कहाँ पुग्यो राखेप सदस्य नियुक्तिको प्रक्रिया ?
सदस्य सचिव सिलवाललाइ शपथ गराउँदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा । फाेटाे : खेलपाटी

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्व्यनमा आएको झण्डै साढे दुई महिना बित्न लाग्दा समेत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्य नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेप अध्यक्षको हैसियतमा ६ जना बोर्ड सदस्य मनोनयन गरेपनि अन्य सदस्य नियुक्तिको प्रक्रिया अन्यौलमा परेको छ ।

मन्त्रीपरिषद्ले मनोनयन गर्ने ९ जना सदस्यको संख्यामा सहमती जुट्न नसक्दा बोर्ड सदस्य नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको हो ।

राखेपका एक अधिकारीका अनुसार खेलकुद मन्त्री विश्वकर्माले मन्त्री परिषद्ले मनोनयन गर्ने बोर्ड सदस्य सूचि तयार गरेपनि प्रधानमन्त्रीसंग संवाद हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन ।

नयाँ खेलकुद ऐनमा राखेपको सिफारिसमा मन्त्रीपरिषद् बैठकले ९ जना सदस्य मनोनयन गर्ने मिल्ने उल्लेख छ ।

‘सदस्य बन्न चाहने आकांक्षीको सूचि खेलकुद मन्त्रीले तयार गर्नुभएको छ । मन्त्रीपरिषद्ले मनोनयन गर्ने भएकाले प्रधानमन्त्रीको निर्देशन अनुसार विभागीय मन्त्रीले प्रस्ताव लैजानुपर्छ । प्रधानमन्त्रीबाट समय नमिल्दा छलफल अघि बढ्न सकेको छैन ।’ राखेपका एक अधिकारी भन्छन् ।

मन्त्रीपरिषद्ले मनोनयन गर्ने ९ जना सदस्यमा झण्डै २ सय जना आकांक्षी देखिएका छन् । मन्त्रीपरिषद्बाट मनोनित गर्दा प्रदेशको सन्तुलन हुँदै दलित, पिछडिएको जिल्ला, समुदाय, जनजाती मिलाउनुपर्ने बाध्यता छ । मनोनयन गर्ने ९ जनामा कम्तीमा ५० प्रतिशत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी हुनैपर्ने व्यवस्था ऐनले गरेको छ ।

सोही कारण मन्त्रीपरिषद्ले मनोनयन गर्ने सदस्यमा सहमती जुटाउन गाह्रो परिरहेको छ ।

सत्तारुढ दल नेकपाकै आन्तरिक समिकरणदेखि नेकपाको खेलुकद महासंघ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका आकांक्षीलाई व्यवस्थापन गर्नुपर्ने चुनौती प्रधानमन्त्री समक्ष रहेको छ ।

राखेप अध्यक्षको हैसियतमा खेलकुद मन्त्रीले ९ जना सदस्य मनोनयन गर्न पाउने अधिकार ऐनले दिएको छ । सोही अनुसार खेलकुद मन्त्री विश्वकर्माले खेलकुद बिज्ञको रुपमा इन्दिरा निरौला, रिम रानाभाट तथा संघको सिफारिसमा सुवास श्रेष्ठ, अर्जुन केसी र सम्पन्न श्रेष्ठलाई मनोनयन गरेका छन् । यस्तै, पर्वतारोहण खेलकुद महासंघबाट गोबिन्द भट्टराईलाई बोर्ड सदस्यमा मनोनयन गरेका छन् ।

परिषद् अध्यक्षको हैसियतमा संघहरुको सिफारिसमा थप ३ जना मनोनयन गर्न पाउने अधिकार खेलकुद मन्त्री समक्ष रहेको छ । तर ऐनले व्यवस्था गरे अनुसार बाँकी ३ जना महिला नियुक्ति गर्नुपर्ने बाध्यता खेलकुद मन्त्रीलाई छ ।

राखेपको बोर्ड पुरा नहुदा परिषद्को कार्यकारी समितिले पूर्णता पाउन सकेको छैन ।

राखेप सदस्य सचिव संयोजक रहने कार्यकारी समितिमा पदेन सदस्यको रुपमा राखेपबाट प्रशासन विभाग प्रमुख कुलबहादुर थापा र मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकाल सदस्यको रुपमा काम गरिरहेका छन् ।

पछिल्लो समय राजनीतिक नियुक्तिमा एकलौटी गरेको आरोप प्रधानमन्त्रीले भोग्दै आएका छन् । सोही कारण राखेप बोर्ड सदस्यको मनोनयनको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले अनिच्छा देखाईरहेको नेकपाका एक नेता बताउँछन् ।

‘अनिच्छा भन्दापनि प्रधानमन्त्रीबाट समय नमिल्दा केही ढिलाई भएको हो । प्रधानमन्त्रीको समय निस्कने बित्तिकै बाँकी बिषय समेत टुङ्गो लाग्छ ।’ राखेपका एक अधिकारी भन्छन् ।

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP