• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेप बोर्ड सदस्य - ९ कोटा बाँकी, २ सय आकांक्षी
खेलपाटी संवाददाता
शुक्रबार, भदौ १२, २०७७ खेलपाटी संवाददाता
राखेप बोर्ड सदस्य - ९ कोटा बाँकी, २ सय आकांक्षी
राखेपका सदस्य सचिव रमेश सिलवाल र उपाध्यक्ष शिव कोईरालालाई शपथ खुवाउँदै खेलकुद मन्त्री जगत विश्वकर्मा । फोटो : खेलपाटी

काठमाडौं । असार १७ गतेबाट राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आयो । ऐन आएको झण्डै २ महिना बित्न लाग्यो, राखेपको बोर्डले पूर्णता पाउने छाँटकाँट देखिदैन ।

नयाँ ऐन आए लगत्तै परिषद्का पदाधिकारी सहित सबै सदस्य पद मुक्त भए ।

युवा तथा खेलकुद मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट असार १७ गते राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनर्नियुक्ती दियो । सोही दिन उपाध्यक्षको रुपमा शिव कोईराला आए ।

नयाँ ऐनले ३७ जना बोर्डको ब्यवस्था गरेको छ ।

सदस्य सचिव र उपाध्यक्षको नियुक्तीको झण्डै एक महिनापछि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले परिषद् अध्यक्षको हैसियतमा असार १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । उनले खेलकुद बिज्ञको रुपमा ईन्दिरा निरौला र रिम रानाभाट तथा साहसीक तथा पर्यटकीय खेल क्षेत्रबाट गोबिन्द भट्टराई र खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरेका थिए ।

बोर्ड सदस्यमा ६ जनाको मनोनयन लगत्तै थुप्रै आकांक्षी देखिन थाले । अघिकांशले राजनीतिक दलका नेतामार्फत खेलकुद मन्त्रालयमा लबिङ गरिरहेका छन् । राजनीतिक दबाब बढ्दै गएप्छि राखेपको बोर्ड सदस्यको नियुक्ती जटिल बनेको छ । राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेता आफु निकटलाई बोर्ड सदस्यमा सिफारिस गर्न थालेपछि सदस्य मनोनयनको प्रक्रिया अघि बढ्न सकेको छैन ।

खेलकुद मन्त्रीले आफ्ना कोटाका ९ मध्य ६ जनालाई बोर्ड सदस्यमा नियुक्त गरिसकेका छन् । उनको कोटामा संघको सिफारिसमा दुई महिला सदस्य बाँकी छन् ।

मन्त्रालयको सिफारिसमा मन्त्री परिषद्ले ९ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । मन्त्री परिषद्ले मनोनित गर्ने ९ जनाको कोटामा २ सय आकांक्षी पुग्न लागेका छन् ।

बोर्ड सदस्यका उम्मेदवारले जिल्लाका नेता, प्रदेश मुख्यमन्त्री हुँदै सत्तारुढ दलका शीर्ष नेतामार्फत चर्को लबिङ गरिरहेका छन् । अवस्था यस्तो आएको छ, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सिफारिस गरेका सुदर्शन गुरुङ्गलाई व्यवस्थापन गर्न कठिन देखिएको छ । भागबण्डा लगाउँदा पनि मुख्य मन्त्रीहरुले एक सदस्यपनि नपाउने अवस्था छ ।

सन्तुलन मिलाउन समस्या

खेलकुद मन्त्रीले सुरुमै ६ जनालाई बोर्ड सदस्यमा मनोनित गरे । ऐनले दिएको अधिकारलाई उपयोग गर्दै उनले ६ जना नियुक्त गरेका थिए । उनले सो क्रममा सम्बन्धित दलका नेतासंग सामान्य परामर्श पनि गरेनन् । सोही मनोनयनले खेलकुद मन्त्रीलाई समस्यामा पनि पार्यो । मनोनयन लगत्तै बालुवाटारले खेलकुद मन्त्रीमाथि असन्तुष्टि जनाएको नेकपाका एक खेलकुद नेताले खेलापटीलाई बताए । त्यसपछि खेलकुद मन्त्रीले आफ्नो कोटाका बाँकी दुई महिला सदस्य मनोनयन गरेका छैनन् । आकांक्षीको बायो डाटा बुझ्दै बालुवाटारमा लैजाने उनको तयारी छ ।

सबैभन्दा ठुलो समस्या पाटीभित्रको आन्तरिक सन्तुलन मिलाउन देखिएको छ । मन्त्रीले मनोनित गरेका ६ जनामा अधिकांश तत्कालिन एमाले पृष्ठभूमीका छन् । अर्जुन केसी बाहेक सबैको राजनीतिक पृष्ठभूमी एमालेको छ । बाँकी मनोनयनमा तत्कालिन माओबादी केन्द्रले आफ्नो हिस्सेदारी खोजेको छ ।

बालुवाटारको सिग्नल कुर्दै मन्त्री

पछिल्ला राजनीतिक नियुक्ती विवादीत बनेपछि केपी ओली सरकार पाटीभित्र आलोचित छ । परामर्श बिनै नियुक्ती प्रक्रियामा एकलौटी गरेको आरोप ओलीमाथि लाग्ने गरेको छ । प्राप्त आकांक्षीको लिस्ट खेलकुद मन्त्रीले तयार पारेका त छन्, तर बालुवाटारबाट ग्रिन सिग्नल नआउँदा उनले अघि बढाउन सकेका छैनन् । मन्त्रीपरिषद्ले मनोनित गर्ने बोर्ड सदस्यको सूचि प्रधानमन्त्रीसंग बसेर टुङ्गो लगाउने खेलकुद मन्त्रीको तयारी छ ।

महासंघ भर्सेस मदन भण्डारी

सत्ताको केन्द्रमा ओली के आए, खेलकुदमा मदन भण्डारी स्पोटर््स एकेडेमी हाबी देखिन थाल्यो । पाटीको आधिकारिक खेलकुद विभाग र महासंघलाई बाहिर राख्दै प्रधामन्त्री ओलीले मदन भण्डारी स्पोटर््स एकेडेमीलाई च्याप्दै आएका छन् । सदस्य सचिव नियुक्तीमा समेत सम्पूर्ण पाटी नेता कार्यकर्ता केन्द्रिय सदस्य लिलबहादुर थापाको पक्षमा लाग्दा प्रधानमन्त्रीले मदन भण्डारी स्पोटर््स एकेडेमीका संस्थापक अध्यक्ष रमेशकुमार सिलवाललाई सदस्य सचिवमा दोहो¥याएका थिए ।

सदस्य सचिवमात्र हैन सरकारले मनोनित गर्ने बोर्ड सदस्यमा समेत महासंघ भर्सेस मदन भण्डारी स्पोटर््स एकेडेमी देखिएको छ ।

‘मन्त्रीले सुरुमै ६ जना नियुक्त गर्नुभयो । नत्र मिलाएर लैजान सकिने अवस्था थियो ।’ खेलकुद महासंघका एक नेता भन्छन् ।

अब मन्त्रीपरिषद्ले ९ जना मनोनित गर्नेछ । जसमा सातै प्रदेशबाट दलित, पिछडिएको जिल्ला, समुदाय, जातजाति मिलाउनुपर्ने बाध्यता छ । मनोनित हुने सदस्यमा ५० प्रतिशत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी हुनैपर्ने व्यवस्था ऐनले गरेको छ ।

खेलकुद विकास ऐनले तोकेको प्रावधानका कारण नेताले सिफारिस गरेका अधिकांश उम्मेदवारलाई समावेश गर्न नसकिने अवस्था आएको जोडघटाउमा सक्रिय नेकपाका एक नेताले खेलपाटीलाई बताए । सोही कारण बोर्ड सदस्यमा आउने सम्भावित पात्रबारे अनुमान गर्न समेत कठिन देखिएको छ ।

बार्ड सदस्यको प्रतिस्पर्धाबाट प्रदेशबाटै सुरु हुनेछ । सबैभन्दा धेरै प्रदेश नम्बर ४ मा उम्मेदवार देखिएका छन् । झण्डै ७५ जनाले बोर्ड सदस्य बन्न बायो डाटा बुझाएका छन् । मदन भण्डारी स्पोटर््स एकेडेमीबाट सदस्य सचिव सिलवालले पुरेन्द्र बिक्रम लाखे, मिनकृण्ण प्रसाई लगायतका नाम सिफारिस गरेका छन् । एकेडेमी अन्तर्गतनै प्रदेश ४ बाट राजेश गुरुङ्ग, प्रदेश ५ बाट एकेडेमीका उपाध्यक्ष धुव्र आचार्य लगायतको नाम सूचिको प्राथमिकतामा छ । मनोनित हुने ९ जना मध्य ३ महिला भन्दा ६ जना पुरुषमै प्रतिस्पर्धा चर्को देखिन्छ ।

खेलकुद मन्त्रीले खेलकुद महासंघका नेताहरुसंग परामर्श गरि लिस्ट तयार पारेका छन् । बालुवाटारले स्पोटर््स एकेडेमीबाट सिफारिसमा आएका उम्मेदवार सहित आफु निकट सदस्यको सूचि तयार बनाएको छ । प्रधानमन्त्री र खेलकुद मन्त्रीको छलफलले दुवै लिस्टबाट मन्त्रीपरिषद्मा सिफारिस गर्ने ९ जनाको नाम टुङ्गो लगाउनेछ ।

मन्त्रीका ६ जना

खेलकुद मन्त्री विश्वकर्माले आफ्नो कोटाबाट ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका थिए । खेलुकद पृष्ठभूमी नभएका मन्त्री विश्वकर्माले मन्त्रालयको जिम्मेवारीमा आएपछि आफुलाई सहयोग गर्नेलाई बोर्ड सदस्यको नियुक्ती दिए ।

निरौला र रानाभाट सदस्य सचिव सिफारिस समितिमा बसेर खेलकुद मन्त्रालयलाई सहयोग गरेका थिए । रानाभाट राखेपका पूर्व प्रशासक हुन् । उनी निकट रहेर खेलकुद मन्त्रीलाई सहयोग गर्दै आएका छन् ।

अर्की सदस्य निरौलाको राजनीतिक पृष्ठभूमी नेकपाको हो । शैक्षिक पृष्ठभूमी समेत खेलकुद भएकी निरौला अध्यापन पेशासंगै खेलकुदमा पनि सक्रिय छिन् । अघिल्लो पटक समेत बोर्ड सदस्य रहेकी निरौला राखेपको कार्यकारी समितिको सम्भावित सूचिमा छिन् ।

बोर्ड सदस्यमा मनोनित सुवास श्रेष्ठ नेकपा उपाध्यक्ष वामदेव गौतम र अर्जुन केसी नेकपा अध्यक्ष प्रचण्डको सिफारिसमा आएका हुन् । सम्पन्न श्रेष्ठ खेलकुद मन्त्री निकट कार्यकर्ता हुन् ।

सम्पन्न तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा कार्यवहाक अध्यक्ष पनि हुन् । गोबिन्द पर्वतारोहण खेलकुद महासंघको अध्यक्षको हैसियतमा बोर्डमा आएका हुन् । अध्यक्षनै राखेप बोर्डको पदेन सदस्य रहने संस्थागत निर्णय महासंघले गरेपछि भट्टराई राखेप आउने बाटो खुलेको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP