एजेन्सी । इटालियन सिरी 'ए' क्लब एसी मिलानले स्ट्राइकर एन्टे रेबिकलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
मिलानले शनिबार रेबिकलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
क्रोएसियाका स्ट्राइकरलाई मिलानले जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टबाट अनुबन्ध गरेको हो ।
२६ वर्षीय रेबिकले मिलानसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

रेबिकले गत सिजन मिलानबाट लोनमा खेलेका थिए । फ्रान्कफुर्टले उनलाई दुई सिजनका लागि लोनमा मिलान पठाएको थियो ।
क्लब आएकै सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मिलानले रेबिकसँग स्थायी अनुबन्ध गरेको हो ।
गत सिजन मिलानका लागि रेबिकले २६ खेलमा ११ गोल गरेका थिए ।
फ्रान्कफुर्टमा उनले १ सय बढी खेल खेल्दै २५ गोल गरेका थिए ।