एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा ग्रानडाले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै ग्रानडाले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा खेलको ४९ औं मिनेटमा यांगल हेरेराले गोल गर्दै ग्रानडालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा लुइस मिल्लाले गोल गर्दै ग्रानडालाई २-० को जित दिलाए ।
जितसँगै ग्रानडाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । ग्रानडा तालिकाको शीर्ष स्थानमा समेत रहेको छ ।
अर्को खेलमा ओसासुनाले काडिजलाई २-० ले हराएको छ ।
ओसासुनालाई सुखद सुरुवात दिलाउन एड्रियन लोपेज र रुबेन गार्सियाले एक एक गोल गरे ।
जितसँग ओसासुनाले पनि पहिलो खेलमा ३ अंक जोडेको छ । ओसासुना तालिकाको दोस्रो स्थानमा रहेको छ ।
