एजेन्सी । लण्डन क्लब चेल्सीले मिडफिल्डर एनगोलो कान्टेलाई नबेच्ने बताएको छ ।
चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले विश्वकप विजेता खेलाडी कान्टे आफ्नो योजनाको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनलाई बेच्ने कुनै इच्छा नभएको बताएका छन् ।
सिरि ए क्लब इन्टर मिलानले कान्टेलाई किन्न निकै इच्छा गरिरहेको छ । कान्टेका लागि इन्टरले गरेको दुई वटा प्रस्ताव चेल्सीले अस्विकार गरिसकेको छ ।
इन्टर प्रशिक्षक एन्टोनियो कोन्टे प्रस्ताव रकममा वृद्धि गर्दै कोन्टेका लागि तेस्रो पटक कोशिश गर्ने तयारी गरेका छन् ।
तर लाम्पार्डले २९ बर्षिया मिडफिल्डर कतै नजाने भन्दै फ्रान्सेली खेलाडीको भविष्य लण्डनमै रहने उल्लेख गरेका छन् ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/66960337/1206919034.jpg.0.jpg)
‘मलाई लाग्छ, संसारका सबै क्लब कान्टेलाई चाहन्छन् ।’ लाम्पार्डले भनेका छन् ।
‘म रिपोर्टहरु पनि हेरिरहेको छु । उनी एक अविश्वसनीय खेलाडी हुन् ।’ लाम्पार्डले थपे ।
‘म उनलाई गुमाउन चाहन्न । उनी टिमका मुख्य खेलाडी हुन् । म उनीलाई महत्वपूर्ण भुमिका दिन कोशिश गरिरहेको छु ।’ उनले भने ।
प्रशिक्षक लाम्पार्डले भने, ’चोटका कारण पछिल्लो बर्ष उनका लागि कठिन रह्यो । म स्वयम उनको फिटनेसलाई लिएर निकै उत्सुक छु ।’
‘उनी निकै ताजा देखिन्छन् । उनी निकै फिट देखिन्छन् । त्यसैले मेरा लागि उनी कुनै ठुलो कुरा हैनन् ।’ लाम्पार्डले भने, ‘निश्चित रुपमा म उनलाई राख्न चाहन्छु ।’
चेल्सीले सोमबार ब्राइटनसंग खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ ।