एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारले खेल सामाग्री कम्पनी पुमासँग जोडिएका छन् ।
नाइकीसँगको लामो सम्झौता अन्त्य गर्दै नेयमारले शनिबार जर्मनीको कम्पनी पुमासँग प्रयोजन सम्झौता गरेका छन् ।
नेयमारले शनिबार आफु पुमा कम्पनीसँग जोडिएको बताएका छन् ।
नेयमारले आफु पेले, डिएगो म्यारोडोना र जोहन क्रुफबाट प्रभावित भएर पुमासँग आबद्द भएको बताएका छन् ।

विश्व चर्चित कम्पनी नाइकीसँगको १५ वर्षको सम्झौता तोडेर नेयमारले पुमालाई रोजेका हुन् ।
सम्झौतासँगै अब नेयमारले पुमाले उत्पादन गरेको फुटबल बुटसहित खेल सामग्री प्रयोग गर्ने छन् ।
पुमा र नेयमारले सम्झौता रकम भने खुलाएको छैन ।
बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान, म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, बार्सिलोनाकै लुइस स्वारेज लगायतका खेलाडीलाई पनि पुमाले प्रायोजन गरेका छन् ।

