एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लोनमा एक डिफेन्डर थप गरेको छ ।
लिग वान विजेता पीएसजीले इटालियन क्लब रोमाका डिफेन्डरलाई एलेसेन्ड्रो फ्लोरेन्जीलाई अनुबन्धन गरेको हो ।
स्थायी रुपमा किन्न सकिने विकल्प सहित पीएसजीले नयाँ डिफेन्डरलाई क्लबमा जोडेको हो ।
२९ बर्षिया डिफेन्डरले आफ्नो करियरको सम्पूर्ण अवधि रोमासंग सम्झौता गरेका छन् । उनले गत बर्षको एक भाग स्पेनिस क्लब भ्यालेन्सियामा बिताएका थिए ।
फ्लोरेन्जीले पीएसजीमा इटालीका सहकर्मी मार्को भेराट्टीसंंग खेल्नेछन् ।
‘पीएसजीको खेलाडी बन्न पाउँदा खुसी र गर्वको महशुश भएको छ ।’ क्लबको आधिकारिक वेव साईटमा उनले भनेका छन्, ‘पीएसजी युरोपको शीर्ष क्लब मध्य एक हो । पछिल्लो महिना च्याम्पियन्स लिगको फाइनल खेलेर क्लबले यसको पुष्टि समेत गरिसकेको छ ।’
‘क्लब र समर्थकलाई आफ्नो अधिकतम प्रर्दशन दिने ईच्छा छ । यस सिजन हाम्रा अगाडी ठुलो चुनौती छ । मेरा नयाँ टिम र साथीसंग जोडिनु मेरो लागि सम्मानको कुरा हो । उनीहरु विश्वका सर्वाकृष्ट खेलाडी हुन् ।’ उनले भने ।
फ्लाेरेन्जी विविधता भएका खेलाडी मानिन्छन् । तर क्लबले उनीबाट साइट ब्याकको जिम्मेवारी बोक्ने अपेक्षा गरेको छ । थोमस मुनियर सम्झौता सकिएसंगै फ्रि–ट्रान्सफरमा बोरुसिया डर्टमण्ड लागेपछि क्लब नयाँ डिफेन्डरको खोजीमा रहेको थियो ।
फ्लोरेन्जीले रोमाबाट २ सय ८० खेल खेलेका छन् । चोटका कारण उनको करियर धेरैनै प्रभावित बन्यो । रोमा तीन पटक दोस्रो स्थानमा रहदै युभेन्ट्सलाई लिग उपाधि सुम्पिएको छ ।
पीएसजीले खेलाडी सरुवा बजारमा तेस्रो खेलाडीको रुपमा उनलाई अनुबन्धन गरेको हो । लिग वानको पहिलो खेलमा पीएसजी नवप्रवेशी क्लब लेन्ससंग बिहिबार १–० ले पराजित बनेको थियो । दोस्रो खेलमा पीएसजीले आईतबार मार्सिलेसंग प्रतिस्पर्धा गर्नेछ ।