एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडसँग मिडफिल्डर आइज्याक हेडनले नयाँ सम्झौता गरेका छन् ।
इंग्लिस मिडफिल्डर हेडनले न्युकासलसँग थप ६ वर्ष क्लबमा रहने गरी सम्झौता गरेका हुन् ।
सम्झौतासँगै हेडन सन् २०२६ सम्म न्युकासलमा रहने छन् ।
२४ वर्षीय मिडफिल्डर सन् २०१६ मा आर्सनलबाट न्युकासल आएका थिए । न्युकासल आउनु अघि उनले एक सिजन हल सिटीबाट लोनमा खेलेका थिए ।
हेडनले न्युकासलका लागि १ सय बढी खेल खेलेका छन् । गत सिजन २९ प्रिमियर लिग खेलमा १ गोल गरेका थिए ।
यस्तै न्युकासलले गोलकिपर कार्ल डार्लोसँग पनि नयाँ सम्झौता गरेको छ ।
कार्लोले न्युकासलसँग थप पाँच वर्ष क्लबमा रहने गरी सम्झौता गरेका छन् ।
नयाँ सम्झौता अनुसार कार्ल सन् २०२५ सम्म न्युकासलमा रहने छन् ।