एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले डच डिफेन्डर केन्नी टेटेलाई अनुबन्ध गरेको छ ।
फुलहमले फुलब्याक टेटेलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय टेटेले फुलहमसँग ४ वर्षको सम्झौता गरेका छन् । फुलहमले उनलाई सम्झौता थप एक वर्ष बढाउन विकल्प समेत दिएको छ ।
टेटे डच क्लब अयाक्सबाट सन् २०१७ मा लियोन आएका थिए ।

लियोनका लागि उनले ५४ लिग खेलमा १ गोल गरेका थिए । तर, गत सिजन भने उनले कम मौका पाएका थिए ।
टेटेले नेदरल्यान्ड्सका लागि १३ खेल खेलिसकेका छन् ।
फुलहम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
फुलहमले आर्सनलसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।