एजेन्सी । चेल्सीका फरवार्ड मिची बात्सुई पुन: क्रिस्टल प्यालेसमा अनुबन्धित भएका छन् ।
क्रिस्टलले बेल्जियन फरवार्डलाई एक सिजनको लागि चेल्सीबाट लोनमा अनुबन्ध गरेको हो ।
क्रिस्टलले बिहीबार फरवार्ड बात्सुईलाई पुन: अनुबन्ध गरिएको जनाएको छ ।
चेल्सीसँगको सम्झौता एक वर्ष नवीकरण गर्दै बात्सुई पुनः क्रिस्टल आएका हुन् ।
२६ वर्षीय बात्सुईले गत सिजन पनि क्रिस्टलबाटै लोनमा खेलेका थिए ।
गत सिजन क्रिस्टलका लागि १३ लिग खेलमा ६ गोल गरेका थिए ।
बात्सुई सन् २०१६ मा चेल्सी आएका थिए । तर, उनले अधिकासं समय लोनमा खेल्दै आएका छन् ।
बात्सुईले जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब भ्यालेन्सियाबाट लोनमा खेलिसकेका छन् ।
