बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पुलिसिकलाई १० नम्बरको जर्सी

शुक्रबार, २६ भाद्र २०७७खेलपाटी संवाददाता
पुलिसिकलाई १० नम्बरको जर्सी
Classic Tech Internet Ad

एजेन्सी । चेल्सी फरवार्ड क्रिस्टियन पुलिसिकलाई १० नम्बरको जर्सी दिईएको छ ।

नयाँ सिजनका लागि चेल्सीले फरवार्ड पुलिसिकलाई १० नम्बरको जर्सी दिएको हो ।

सन् २०१९ मा बोरुसिया डर्टमण्डबाट ६४ मिलियन पाउण्डमा चेल्सी आएका पुलिसिकले पहिलो सिजन सफल रुपमा बिताए ।

अमेरिकी फरवार्ड पुलिसिकले सबै प्रतियोगिता ११ गोल गर्नुका साथै १० गोलको अवसर सिर्जना गरे । गत सिजनको उत्कृष्ट प्रर्दशनले उनी प्रिमियर लिगको युवा खेलाडीको अवार्डबाट सम्मानित समेत भएका छन् ।

Image

चेल्सीमा १० नम्बर जर्सीलाई महत्वका साथ हेरिन्छ । सो जर्सी चेल्सीमा यसअघि जो कोल, इडेन हजार्ड र विलियनले लगाउने गरेका थिए । सबै खेलाडीले प्रिमियर लिग सहित युरोपेली प्रतियोगिताहरु क्लबबाट जितेका थिए ।

गत सिजन विलियनले १० नम्बरको जर्सी प्राप्त गरेका थिए । तर उनले नयाँ सिजन चेल्सी छाड्दै अर्को लण्डन क्लब आर्सनल गएका छन् ।

पुलिसिककै शानदार प्रर्दशनमा चेल्सीले चौथौं स्थानमा रहदै गत सिजन लिगको अन्त्य गरेको थियो । उनले एफ ए कपको फाइनलमा आर्सनलसंग पराजित बनेको खेलमा समेत गोल गरेका थिए ।

१० नम्बरको जर्सी दिएसंगै पुलिसिक र हजार्डबीच धेरै तुलना हुने आँकलन गरिएको छ । तर अमेरिकन फरवार्डले चेल्सीमा आफ्नै इतिहास लेख्न चाहेको बताएका छन् ।
ह्जार्डको बिषयमा उनले गत सिजन भनेका थिए, ‘उनी अविश्वसनीय खेलाडी हुन् । यो सबै स्पष्ट, उनले यस क्लबमा के के गरेका छन् । त्यसैले मैले आफुलाई तुलना गर्ने कोशिश गरेको छैन ।’

‘मेरा लागि अहिले खेल जित्नु महत्वपूर्ण कुरा हो । र टिममा प्रभाव पार्नु मुख्य कुरा हो । म धेरै खुसी छु, भर्खरै मात्र मैले यसो गरेको छु । मेरो शैली सधै आक्रमक र रचनात्मक किसिमको रहेको छ ।’ उनले भने ।

प्रिमियर लिगमा प्रभाव पार्ने लक्ष्य सहित चेल्सीले यस समर ट्रान्सफरमा ठुलो रकम खर्च गरेको छ । उसले टिमो वार्नर सहित काइ हाभर्ट्ज, वेन चिलवेल, हाकिम जियाच र थिएगो सिल्भालाई अनुबन्धन गरेको छ ।

फ्राङ्क लम्पार्ड नेतृत्वको चेल्सीले सोमबार ब्राइटोनसंग खेल्दै प्रिमियर लिगको नयाँ सिजन सुरुवात गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए  संघर्षका कार्यक्रम गर्छौं

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए संघर्षका कार्यक्रम गर्छौं

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए  संघर्षका कार्यक्रम गर्छौं

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए संघर्षका कार्यक्रम गर्छौं

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा