एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको पहिलो खेलमै पराजित भएको छ । बिहिबार राति भएको खेलमा पीएसजी यसै सिजन लिग वानमा बढुवा भएको लेन्ससंग १–० ले पराजित बनेको हो ।
च्याम्पियन्स लिगका फाईनल खेलेका ७ खेलाडी बिनै पीएसजी मैदान उत्रिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका पीएसजी स्टार केलियन एम्बाप्पे समेत टिममा उपस्थित थिए ।
मुख्य खेलाडी बिनै मैदान उत्रिएको पीएसजीलाई घरेलु टोली लेन्सले पहिलो खेलमै स्तब्धपूर्ण नतिजा पस्किएको हो ।
शीर्ष डिभिजनमा फर्किएको लेन्सका इग्नाटियस गनागो गोलकिपर मारकिन बुल्काको गल्तीको फाईदा उठाउँदै विजयी गोल गरे ।
करिब ५ हजार दर्शकको उपस्थितीमा पीएसजीले लिगको पहिलो खेल खेलेको थियो ।

पीएसजीले पछिल्ला ८ सिजनमा ७ पटक लिग वानको उपाधि जितेको छ । गत सिजन कोरोना भाइरसका कारण सिजन रद्ध भएपछि पीएसजीलाई लिग विजेता घोषित गरिएको थियो ।
थोमस टुचेल नेतृत्वको पीएसजीले लिगमा १२ अंकको अग्रता बनाएको थियो ।
ब्राजिली स्टार नेयमार, मार्कुन्होस र अर्जेन्टिनी खेलाडी एन्जल डी मारिया, मौरो इकार्डी लगायतका खेलाडी पीएसजीको टिमको थिएनन् ।
तेस्रो रोजाइका गोलकिपर मैदान उतार्नु पीएसजीका लागि महङ्गो सावित बन्यो । उनैले गोलका लगि लेन्सका खेलाडीलाई बल उपलब्ध गराएपछि पीएसजी खेलमा १–० ले पराजित हुन पुग्यो ।
पीएसजीले आईतबार लिग वानको दोस्रो खलेलमा मार्सिलेसंग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा उपलब्ध हुने खेलाडीका लागि केही समय प्रतिक्षा गर्नुपर्नेछ ।