एजेन्सी । फ्रेन्च क्लब मोनाकोका विंगर नासेर चाड्ली टर्किस क्लब इस्तानबुल बासाकसेरमा अनुबन्धित भएका छन् ।
मोनाकोले बिहीबार बेल्जियमका विंगरले क्लब छाडेको पुष्टि गरेको छ ।
३१ वर्षीय विंगरले इस्तानबुलसँग २ वर्षको सम्झौता गरेका छन् ।
इंग्लिस क्लब टोटेनहमका पूर्व विंगर समेत रहेका चाड्लीले दुई सिजन मोनाकोमा बिताएका थिए ।
तर, उनले सन् २०१८ र १९ सिजन मात्र मोनाकोबाट खेलेका थिए । जसमा उनले १६ लिग खेल खेलेका थिए ।
गत सिजन चाड्लीले बेल्जियन क्लब एन्ड्रेलेक्टबाट लोनमा खेलेका थिए ।
वेस्ट ब्रुमका पूर्व खेलाडी समेत रहेका चाड्लीले बेल्जियमका लागि ५९ खेलमा ८ गोल गरेका छन् ।