एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज मिडफिल्डर भिटोर माचाडो फेरेरा (भिटिन्हा) लाई अनुबन्ध गरेको छ ।
उल्भ्सले एक सिजनका लागि लोनमा भिटिन्हालाई अनुबन्ध गरेको हो ।
पोर्चुगिज क्लब पोर्टोबाट उल्भ्सले २० वर्षीय भिटिन्हालाई क्लबमा ल्याएको हो ।
पोर्टोले उल्भ्सलाई भिटिन्हालाई स्थायी खेलाडीको रुपमा अनुबन्धको विकल्प समेत दिएको छ ।
पोर्चुगलको यू-२१ टोलीका सदस्य भिटिन्हाले गत सिजन पोर्टोको लागि आठ खेल खेलेका थिए ।
भिटिन्हा उल्भ्समा आबद्द हुने पोर्चुगलका दशौँ खेलाडी हुन् ।
