सिटीका महरेज र लापोर्टेलाई कोरोना
२०२० सेप्टेम्बर ७, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिटीले सोमबार फरवार्ड रियाद महरेज र डिफेन्डर एम्रिक लापोर्टेलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
सिटीले कोरोना पोजेटिभ देखिएका दुवै खेलाडी सेल्फ आईसोलेसनमा रहेको समेत जनाएको छ ।
यस्तै सिटीले दुबै खेलाडीमा कोरोनाको कुनैपनि लक्षण नभएको समेत जनाएको छ ।
सिटीले दुवै खेलाडी चाडै ठिक हुने र टिमको प्रशिक्षणमा सामेल हुने विश्वास व्यक्त गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा सिटीले एस्टन भिल्लासँग खेल्नेछ । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ ।